stcnepal long ad
ime life insurance
national life
global ime bank long

विशाल ग्रुपले कोरोना कोषलाई एक करोड सहयोग गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल  चैत्र १३, २०७६ बिहीबार

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।  भीजी फाउन्डेसनले यो संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

अब एन९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ ।

कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहर वितरण गरेको थियो ।  साथै, कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकार चालेका कदमहरुको सहयोग गर्न प्रतिबद्ध छ र भविष्यमा आवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्न तत्पर जनाएको छ ।

IME Lifesidebar
kumari