citizens life insurance long ad
stcnepal long ad

सेयर बजार विरोधी अर्थ मन्त्री लाइनमा आए

२० दिनभित्रै धितोपत्र र नेप्से प्रमुख नियुक्त गरिसक्ने अर्थ मन्त्रीको वचन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजार विरोधी अर्थ मन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्ड र नेप्सेमा प्रमुख नियुक्तिसँगै पुँजीबजार सुधारका काम सुरु गरिने आश्वासन दिएका छन्।

पुँजीबजार सुदृढीकरण बृहत कार्यदलका प्रतिनिधिहरुसँगको भेटमा हिजो अर्थ मन्त्री शर्माले यस्तो आश्वासन दिएका हुन्।

उनले यी दुवै निकायमा १५ देखि २० दिनभित्र प्रमुख नियुक्ति गरिसक्ने र पुँजी बजार सुधारका बाँकी कामहरु पनि द्रुतगतिमा अगाडि बढाउने आश्वासन दिएका छन।

सेयर बजारका लगानीकर्ताहरूसँग भेटन नै नमानेका सेयर बजार विरोधी अर्थ मन्त्री नो भोट अभियान र सेयर बजार सम्बन्धि विचारको आलोचना भएपछि अम्बिका प्रसाद पौडेल कार्यदलसँग भेट गरि पुँजीबजार सुधार सम्बन्धि प्रतिवेदन बुझ्न तयार भएका थिए।

कार्यदलले अर्थ मन्त्री शर्मा समक्ष पुँजीबजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्से प्रमुखको नियुक्ति, ५८ बुँदेका बाँकी कामहरु र तत्काल गर्नुपर्ने सुधारका कार्यहरुका बारेमा अर्थ मन्त्री शर्मालाई जानकारी गराएको थियो।

छलफलमा अर्थ मन्त्री शर्माले आफू पुँजीबजारको दिगो विकास र विस्तारका लागि लागिरहेको दाबी गरेका छन्। ‘म पुँजीबजार विरोधी होइन, मेरै पालोमा नेप्से अल टाइम हाईको रेकर्ड बनाएको कुरा तपाइँहरुले बिर्सिनुभएन’, उनले भनेका थिए।

IME Life
kumari