citizens life insurance long ad
stcnepal long ad

इक्रा नेपालद्वारा प्रभु लाइफको रेटिङ पुनःपुष्टि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इक्रा नेपाल लिमिटेडले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबी निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ।

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नरहेको इक्राले जनाएको छ।

रेटिङ वर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ।

यसको अर्थ (इक्राएनपी–आईआर) बीबी प्लसको स्थिति (इक्राएनपी–आईआर) बीबीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्राएनपी–आईआर) बीबी माइनसको स्थिति (इक्राएनपी–आईआर) बीबीभन्दा एक चिह्न तल रहन्छ।

IME Life
kumari