stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्थानीय सरकारको समन्वयमा खाद्यान्न पसल खोल्न दिइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडौं । सरकारले आम सर्वसाधारणलाई अत्यावश्यक सामान खरिदका लागि स्थानीय तहको समन्वयमा खाद्यान्न पसल खोल्न दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षमा बसेको मन्त्रालयस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

आम उपभोक्तालाई अत्यावश्यक सामान खरिद गर्नका लागि स्थानीय वडाको समन्वयमा पसल खोल्न दिने निर्णय गरिएको उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले बताए ।

‘समय तोकेर पसलहरू खोल्न दिँदा भिडभाड हुन्छ,’ उनले भने ‘पसलमा भिडभाड कम गर्नको लागि स्थानीय वडाको समन्वयमा पसल खोल्न दिने निर्णय गरिएको हो ।’ पसल खोल्दा समस्या नआओस् भन्ने सरकारको चाहना हो,’ उनले थपे । यसका साथै वाणिज्य मन्त्रालयले ठूला खाद्यान्न स्टोरलाई होमडेलिभरी गर्न व्यवस्था मिलाउन समेत सरकारले समन्वय गर्ने भएको छ ।

सरकारले भाटभटेनी, बिगमार्ट, सेलवेयज जस्ता ठूला खाद्य स्टोर र केही अनलाइन प्रोटललाई होम डेलिभरीको व्यवस्था मिलाउन सहजीकरण गर्ने भएको छ ।

ती खाद्य स्टोरहरूले उपभोक्ताले आवश्यकताअनुसारको सामान घरमै पुर्याइ दिने छन् । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको बैठकले आज बुधबार नै ठूला खाद्य स्टोर तथा पसलहरू मार्फत आम जनताको घरमै खाद्य वस्तु पुर्याउने निर्णय गरेको थियो ।

IME Lifesidebar
kumari