stcnepal long ad
ime life insurance
national life
global ime bank long

विराटनगर महानगरलाई गौतमद्वारा सोडियम प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

विराटनगर । पृथ्वीभरी माहामारीको उग्र रुपमा फैलिएको कोरोना भाइरसको बिराट्नगर महानगरपालिका क्षेत्रमा प्रभाव निदानको लागि पूर्वाञ्चल साईन्टिफिक कन्सनका प्रोप्राइटर प्रेम प्रसाद गौतमले आफूसगॅ भएको ६५ लिटर सोडियम हाइपोक्लोराइड ४ प्रतिशत बिसक्रमित झोल बनाई सम्भावित इफेक्ट एरियामा स्प्रे गर्ने कार्य गर्न महानगरका अत्यन्तै जनपक्षीय मेयर भिम पराजुली ज्यूको टिमलाई आज चैत १२ गते एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नु भएको छ ।

महानगरपालिकालाई आपत बिपतको समयमा सहयोग गर्ने अवसर प्रदान गर्नु भएकोमा मेयर पराजुलीलाई प्रोपाइटर गौतमले हार्दिक आभार प्रकट गर्नु भएको छ ।

व्यवसायी गौतमले मोरङ जिल्लाका बिभिन्न स्कुल ,कलेज र स्थानीय तहलाई आवश्यक पर्ने साईन्टिफिकका सामानहरू निशुल्क वितरण गर्दै सामाजिक उत्तरदायित्व पुरा गर्दै आउनु भएको छ ।

महानगरपालिकामा अहिले फोहोरमैलामा किटाणु बस्न नपाउन भनेर औषधी छर्किने कार्य तीव्र गतिमा भैरहेको छ ।

IME Lifesidebar
kumari