stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एकीकरण मार्ग कार्यक्रम बृहद सेमिनार २०७६ को आयोजना हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । आगामी माघ २, ३ र ५ गतेको जंगी अड्डातस्थित सभा मण्डपमा नेपाल सरकारका सम्बन्धित मन्त्रालयका मन्त्रीगण, वरिष्ठ पदाधिकारीहरु, पुरातत्वविद, इतिहासविद, भूगोलविद, पर्यटन व्यवसायी संघ, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, गैर सरकारी संस्थाका प्रतिनिधि, विद्यार्थी, पत्रकार एवं नेपाली सेनाका रथीवृन्द तथा अधिकृत (भू.पू. सहित) हरुको सहभागितामा ूएकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार(२०७६ आयोजना गर्न लागिएको छ । एकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार(२०७६ को समुदघाटन प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आगामी माघ २ गते गर्ने कार्यक्रम रहेको छ । उक्त सेमिनारमा कार्यक्रमको अवधारणा, नेपाल भ्रमण वर्ष २०२० मा नेपाली सेनाको सहभागिता, नेपालको ऐतिहासिक गढी तथा किल्लाको प्रोफाईल निर्माण, एकीकरण मार्ग कार्यक्रम सम्बन्धि वृत्तचित्र प्रदर्शन, Status of Museum, Related Laws and Process in Nepal, एकीकरण मार्ग कार्यक्रम सम्बन्धी Panel Discussion लगायत अन्य समसामयिक विषय वस्तुहरुबारे छलफल गरिने कार्यक्रम रहेको छ । तीन दिनसम्म सञ्चालन हुने सो सेमिनारको समापन माघ ५ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । नेपाली सेनामा इतिहास संरक्षण एवं सम्बर्द्धन कार्यमा नेपाली सेनाको सहभागिता सम्बन्धी निर्देशिका “२०७६” लागु भइसकेको छ भने यस प्रकारको सेमिनारले ऐतिहासिक सम्पदाको रुपमा रहेको गढी तथा किल्लाहरुको संरक्षण एवं सम्वर्धन भई राष्ट्रिय एकताको भावना जगाउन महत्वपुर्ण भुमिका खेल्ने विश्वास नेपाली सेनाले लिएको छ ।

prabhu mahalaxmi
kumari