stcnepal long ad
global ime bank long

जानकी फाइनान्सको २३ औं बार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

जानकी फाइनान्स कम्पनी लिमिटेड, जनकपुरधामको २३ औं बार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष रघुनाथप्रसाद साहको सभापतित्वमा होटल मानकी इन्टरनेशनल प्रा.लि., जनकपुरधाममा सम्पन्न भयो । बार्षिक साधारण सभामा वित्तीय संस्थाका सञ्चालकहरु अमरनाथ गुप्ता, अशोककुमार जालान, महाबीर कुमार सुल्तानिया, दिप नारायण साह, प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह र पूर्व अध्यक्ष बजंरग प्रसाद साह, शिव शंकर प्रसाद साहको साथै संस्थापक शेयरधनीहरु र सर्वसाधारण शेयरधनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । वित्तीय संस्थाको २३ औं बार्षिक साधारण सभामा छलफलका तथा निर्णयको लागि आ.ब. २०७५÷७६ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात तथा आ.ब. २०७५÷७६ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, चुक्ता पूँजीको १.१६% नगद लांभाश बोनस शेयर कर प्रयोजनको लागि, आ.ब. २०७६÷७७ को हर हिसाव लेखा परीक्षण गर्नको लागि लेखा परीक्षकको नियुक्ती गर्ने, चुक्ता पूँजीको २२.०% लांभाशको रुपमा बोनस शेयर दिने, वित्तीय संस्थाको कारोबार ३ जिल्लाबाट बिस्तार गरी प्रदेश नं.२ को ८ वटै जिल्ला कायम गर्ने र जानकी फाइनान्स कम्पनी लि. र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा बैदेशिक रणनीतिक साझेदारीमा जानको लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु पेश गरेकोमा सो प्रस्तावहरु ध्वनि मतले पारित भयो । साधारण सभामा शेयरधनीहरु पंकज कुमार ठाकुर, गणेश झा, सरोज कुमार ठाकुर, दिपेन्द्र कुमार मिश्र, गोपाल मोक्तान, कुलदीप चौधरी, बजंरग प्रसाद साह, दिनेश प्रसाद साह र युगल किशोर पंजियारले आ–आफनो धारणा राख्नु भएको थियो ।

IME Lifesidebar
kumari