stcnepal long ad
global ime bank long

मास्कको फित्ता सिलाउने जनशक्ति कम भयो, कामदार काममा आएनन्ः दिपक मलहोत्रा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६

काठमाडौं । हिजो सोमबार बेलुकादेखि मास्क उत्पादन शुरु गरेको आईएमएस  ग्रुपले अहिलेसम्म ५० हजार मास्क उत्पादन गरिसकेको छ । आईएमएस  ग्रुपले मास्क उत्पादन गरिरह्दा माक्सको फिता सिलाउने जनशक्तिको भने अभाव भएको आईएमएस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले बताए ।

‘माक्सको फित्ता सिलाउने जनशक्ति कम हुँदा माक्स तयार हुन समय लाग्ने देखिएको छ,’ मलहोत्राले भने ‘हिजोसम्म माक्सको फित्ता सिलाउने ३५ जना थिए, आज २५ जनामात्रै छन् । सो जनशक्ति मध्ये ३ जना नेपाली मात्रै काममा आएको मलहोत्राले बताए । २२ जना त भारतीय हुन्, उनीहरूले काम गरिरहेका छन् ।’ जनशक्ति कम भएपनि मास्क उत्पादन रोकिदैन ।’ ‘हिजो बेलुकादेखि शुरु भएको माक्स उत्पादन अहिलेसम्म ५० हजार उत्पादन भइसक्यो । बेलुकासम्म कुल क्षमता ७० हजार नै माक्स उत्पादन हुन्छ ।’

आईएमएस ग्रुपको मास्क स्वास्थ्यकर्मीलार्ई 

आईएमएस ग्रुपले उत्पादन गरेको मास्क भोलिदेखि स्वास्थ्यकर्मीलाई वितरण गरिने भएको भएको छ । ग्रुपका अध्यक्ष मलहोत्राले अहिले उत्पादन भएको मास्क स्वास्थ्य मन्त्रालयलाई दिने बताए ।

‘लकडाउनको यो अवस्थामा स्वास्थ्यकर्मीलाई सबैभन्दा बढी माक्स आवश्यक पर्ने भएकोले स्वास्थ्य मन्त्रालयलाई माक्स उपलब्ध गराउन लागेको हुँ ।’

काठमाडौं महानगरले पनि मास्क मागेको छ,’ मलहोत्राले भने ‘म मेयर सायव (विद्यासु्नदर शाक्य) लाई फोन नै गरेर माक्स दिन्छु ।’
यद्यपि सरकारले आज बिहान चैत ११ गतेदेखि चैत १८ गतेसम्म देशै लकडाउन गरेकाले उनले लक्षित उपभोक्ता सम्म मास्क पुर्याउन नसक्ने भएका छन् । आईएमएस ग्रुपले उपभोक्तालाई ५ रुपैयाँमा मास्क उपलब्ध गराउने योजना बनाएको थियो ।

सामसुङ मोबाइलको नेपालभर ३१ वटा मोबाइल आउटलेट छन् । त्यहि आटलेटबाट आम उपभोक्तालाई दैनिक २० वटाको दरले माक्स उपलब्ध गराउने भनिएको थियो । ग्रुपले उपलब्ध गराउने मास्क किन्नको लागि सेलपेबाट पैसा भुक्तानी गर्नुपर्छ ।अध्यक्ष मलहोत्राले उत्पादन लागत भन्दा २ रुपैयाँ कममा आम उपभोक्तालाई राहत स्वरुप मास्क उपलब्ध गराउन लागेकोले माक्सको कालोबजारी नहोस् भन्नका लागि सेलपेमार्फत पैसा तिर्ने व्यवस्था मिलाएको हो ।

ग्रुपले उतपादन गरेको माक्स गत आइतबारदेखि नै बजारमा आउने भनिएको थियो । मेशिन जडान गर्न समय लागेपछि हिजो बेलुका सोमबारबाट माक्स उत्पादन शुरु भएको हो । कोराना भाइरसका कारण बजारमा मास्क हाहाकार भएपछि उनले माक्स उत्पादन गर्न लागेका हुन् । ‘आपतकालीन यो अवस्थामा सामाजिक उत्तरदायित्व पुरा गर्न र माक्स नपाएर अतालिएका उपभोक्तालाई राहत दिन मैले मास्क उत्पादन गर्न लागेको हुँ,’ मलहोत्राले भने ।

 

IME Lifesidebar
kumari