stcnepal long ad
national life

नि:शुल्क ह्याण्ड सेनिटाईजर तथा मास्क वितरण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१० चैत्र २०७६

मोरङ । समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका-१६ जोगवनी सिमाक्षेत्रमा आइतबार नि:शुल्क ह्याण्ड सेनिटाईजर तथा मास्क वितरण गरेको छ ।

नोवेल कोरोना भाईरस (कोभिड-१९) को रोकथामका लागि जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका युवा अभियान्तासँग सहकार्य गरी सीमा क्षेत्रमा आवतजावत गर्ने करिब ३ सय भन्दा बढि सर्वसाधारणलाई नि:शुल्क ह्याण्ड सेनिटाईजर तथा मास्क वितरण गरेको हो ।

वितरण कार्यक्रमबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले नोवेल कोरोना भाईरसले विश्वब्यापी महामारीको रूपमा आक्रान्त पारेको अवस्थामा प्रहरी र नागरिकलाई संक्रमणबाट बचाउन समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत अभियान सुरु गरी उक्त सामाग्री वितरण गरिएको बताउनुभयो । कोरोना भाईरस बिरूद्ध लड्न एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा युवा अभियान्ता पेरिस सुवेदी, स्थानीय जनप्रतिनिधि, प्रहरी कर्मचारी, सुरक्षा निकायका कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

gold
kumari bank
kumari
nawakantipur long