काठमाडौंमा १ जना कोरोना संक्रमित भेटियो : स्वास्थ्यमन्त्री ढकाल
काठमाडौं । नेपालमा कोरोना संक्रमित १ जना बिरामी फेला परेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताएका छन् । सोमबार आयोजित आकष्मिक पत्रकार सम्मेलनमा कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको उनले बताए । फ्रान्सबाट चैत ४ गते मंगलबार नेपाल फर्किएकी १९ वर्षीया एक नेपाली युवतीमा यस्तो संक्रमण देखिएको हो ।
आइतबार टेकुको प्रयोगशालमा उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखा परेको हो । हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट फर्केका नागरिकसँग भेटिएका अन्य व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।यसअघि चीनबाट फर्किएका १ नेपालीमा कोरोना संक्रमण देखिएको थियो । तर उनी उपचारपछि घर फर्किसकेका छन् ।
त्यसो त मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि नै विश्व स्वास्थ्य संगठनको तथ्यांकमा नेपालमा २ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको उल्लेख गरिएको थियो ।