citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

निजी सवारी धनीका लागि सरकारले ल्यायो यस्तो व्यबस्था

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । सोमबार, १० चैत्र २०७६

काठमाडौं । सरकारले आजदेखि लामो दूरीका सार्वजनिक सवारी साधनलाई रोक लगाए पनि निजी सवारी साधन भने नरोक्ने भएको छ । कोभिड–१९ जोखिमकोसबैतिर बढ्दै जाँदा सरकारले यात्रुको सुरक्षालाई दृष्टिगत गरी लामो दूरीका सार्वजनिक सवारी साधनमा रोक लगाएको हो । हालका लागि निजी सवारी साधन नरोकिने गरी निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकाबाट कुनै पनि सवारी साधन बाहिर जान नपाइने र बाहिरबाट पनि उपत्यका प्रवेश गर्न नपाइने यातायात व्यवस्था विभागले जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका जिल्लामा पनि सार्वजनिक सवारी साधन एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, “सार्वजनिक सवारी साधन एउटै जिल्लाभित्र मात्रै चलाउन पाइने छ ।”

सरकारले यसअघि नै १३ मार्गमा सञ्चालनमा रहेका नेपाल–भारत मैत्री बस सेवा तत्कालका लागि बन्द गरिसकेको छ । विभागले सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउन र यात्रुले पनि यात्रा गर्न नपाउने नियम लागू गरेको छ ।

 

 

 

gold
himalayan life insurance long ad