stcnepal long ad
global ime bank long

प्रधानसेनापति शर्मा भारत प्रस्थान

शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह लगाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गरेका छन्। प्रधानसेनापति शर्मा बिहान ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै नेपाली सेनाको विमान मार्फत् भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन्।

प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो । भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत गएका हुन्। नेपाल र भारतका सेना प्रमुखलाई कदर स्वरुप एक–अर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन रहि आएको छ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा भोलि कार्तिक २४ गते हुने विशेष समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सम्मान गर्नेछन्। भ्रमण सकेर प्रधानसेनापति शर्मा शुक्रवार स्वदेश फर्कने सैनिक प्रवक्ता सहायक रथी पौडेलले जानकारी दिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा २०७७ साल कात्तिक २० गते नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्रदान गरेकी थिईन ।

२०१७ सालदेखि नेपाल र भारतका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दज्यार्नी दिने चलन रहेको छ। प्रधानसेनापति शर्माको भारत भ्रमण चार दिनको रहेको छ। उनी कार्तिक २७ गते स्वदेश फर्किनेछन।

IME Lifesidebar
kumari