प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा मंसिर १९ गते

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभा मंसीर १९ गते बोलाएको छ । कम्पनी सञ्चालक समितिको कार्तिक २३ गते बिहान बसेको बैठकले वार्षिक साधारणसभा आगामी मंसिर १९ गते आयोजना गर्ने निर्णय गरेको छ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आगामी मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सभाले आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तावित चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ३६ लाख २५ हजार ५ सय ८६ कित्ता बोनस सेयर अनुमोदन गर्नेछ ।
बोनस सेयर कर प्रयोजनार्थ छुट्याइएको १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांश पनि सभाले पारित गर्नेछ । कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ रहेको छ।