stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राजस्व संकलन लक्ष्य बढाउने अर्थ मन्त्री शर्माको उदघोष

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले तोकिएको भन्दा २०० गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको सोमबार निरीक्षणपछि गरिएको एक कार्यक्रममा अर्थ मन्त्री शर्माले विभिन्न चुनौतीका बीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताएका हुन्।

अर्थ मन्त्री शर्माले भन्सार कर्मचारीलाई निर्देशन दिदै भने ‘तोकिएको लक्ष्यभन्दा २०० गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु। बाहिर तोकिएकोले मात्र पुग्दैन। राजस्व बढाउनका लागि कडाइसमेत गरिएको छ।’

यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण अर्बौंको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व संकलन लक्ष्यअनुरुप हुने शर्माले विश्वास व्यक्त गरेका छन्।

राजस्व वृद्धिका लागि लगानी बढाउनुपर्ने भन्दै मन्त्री शर्माले तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउन समेत निर्देशन दिएका छन्।

अर्थ मन्त्री शर्माले चीन सरकारले ठोस रुपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकास सहकार्यमा गर्नुपर्ने जोड दिदै भने– यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्। उता चाइनिज पार्टीले कति गर्ने हो, त्यसको पनि मूल्याङ्कन गर्नुहोस्। त्यसरी दुई वटालाई जोडेर काम अगाडि बढाऔँ।’

तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वसाथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माले बताए। नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुगेका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुक्खा बन्दरगाहको समेत निरीक्षण गरेका थिए।

कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ। पछिल्लो समय दैनिक करिब एक दर्जन मालबाहक सवारी मात्र नेपाल भित्रिने गरेका छन्। यस नाकाबाट अधिकांश तयारी कपडा भित्रिने गरेको तातोपानी भन्सारले जनाएको छ । त्यस्तै स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, ओखरलगायतका मालवस्तु भित्रिने गरेका छन्।

सोमबार नाका क्षेत्रको निरीक्षण तथा अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, भन्सार विभागका महानिर्देशक नारायण सापकोटालगायत तातोपानी नाका पुगेका थिए।

prabhu mahalaxmi
kumari