citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । युएन मिसन अन्तर्गत सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनानी सुनिल थापाको कमाण्डमा १६२ जनाको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

कोभिड(१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरूको पालना गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न मिसनहरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा योगदान पुर्‍याउँदै आईरहेको छ ।

himalayan life insurance
igi long