उच्चस्तरिय सीसी क्यामेरा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जडान गर्दै नेपाल प्रहरी

काठमाडौं । काठमाडौं उपत्यकामा थप उच्चस्तरिय सीसी क्यामेरा नेपाल प्रहरीले जडान गर्ने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार अब चाँडै उपत्यकामा ५ सयभन्दा बढी सीसी क्यामेरा जडानका तयारीमा छन् ।
सीसी क्यामेरा जडानका लागि अप्टिकल फाइबर बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ । जसका लागि ठेक्का नेपाल म्याक्स मौलिक तरंगलाई दिइएको छ ।
उक्त कम्पनीका अनुसार हालसम्म तीनवटा कम्पनीको जोइन्ट भेन्चरका रुपमा काम भइरहेको छ । उसले अप्टिकल फाइबर तार विछ्याउने काम सक्ने र उपत्यकाभरी मुख्य मुख्य रुटमा १६१ वटा क्यामेरा जडान जनाएको छ ।
उसलाई साढे ६ करोडमा निर्माण गर्नेगरी दिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । हालसम्म फाइबर तार विछ्याउने काम करिब ४० प्रतिशत सकिएको कम्पनीले जनाएको छ । करिब ८० प्रतिशत काम सकिएकोले अब ४० दिनमा जडान फाइबर जडान गरिसक्ने कम्पनीको भनाइ छ ।
अहिले भक्तपुर, महाराजगन्ज, बल्खु रूटबाट तार बिछ्याउने काम भइरहेको कम्पनीले जनाएको छ । प्रहरीका अनुसार हाल काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा गरि सार्वजनिक रुपमा २६४५ सीसी क्यामेरा सार्वजनिक प्रयोजनाका लागि जडान गरिएका छन् ।
तर एक अध्यायनका अनुसार उपत्यकाका लागि यो संख्या आवश्यकभन्दा अत्यन्तै कम हो । किनकी पाँच वर्षको अध्यायन अनु्सार उपत्यकामा २३ हजार सीसी क्यामेरा आवश्यक छन् ।
बजेट अभावका कारण आवश्यकता अनुसार क्यामेरा जडान गर्न नसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान भए अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग मिल्छ । साथै अपराधिक क्रियाकलाप पनि कम हुने प्रहरीको भनाइ छ ।
यदी अपराध भइहाले पनि त्यसको अनुसन्धान र अपराधि पत्ता लगाउन प्रहरीलाई बल पुग्छ । प्रविधिको प्रयोगले, कम्युटर सिस्टममा जाँदा अनुसन्धानको दायरा बढ्ने, समय बचत हुने, कुनै पनि घटना मिस नछुट्ने र अनुसन्धा प्रभावकारी हुने प्रहरी स्वयम बताउछन् ।
अब प्राविधिक काम सकिएपनि काठमाडौंमा १४५, ललितपुरमा १३५ र भक्तपुरमा १०० को हाराहारीमा सीसीटिभी जडान हुने प्रहरीको भनाइ छ ।
उक्त प्रक्रियाका लागि ९ करोड हाराहारीमा बजेट छ्ट्याइ सकिएको पनि प्रहरीले जनाएको छ।