घाँटी नहेरि हाड निल्न खोज्दा तरलता अभाव: गभर्नर अधिकारी
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको ‘गहिरिँदो तरलता अभावः कारण र समाधान’सम्बन्धी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप संकलनको तुलनामा कर्जाको माग बढी भएकाले बैंकिङ क्षेत्रमा तरलतामा चाप परेको बताएका छ्न् ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३५१ कर्जा लगानी हुँदा निक्षेप ७० अर्ब मात्रै रहेको गभर्नर अधिकारीले बताएका छन । स्रोत बिनाको लगानी बढ्दा ‘मिसम्याच’को अवस्था आएको अधिकारीले दाबी छ ।
‘घाँटी हेरेर हाड नलिल्दा तरलताको समस्या आएको हो’ उनले भने । कोभिड १९ पछिको पुनःउत्थानका लागि लगानीको माग बढ्दा तरलता अभावको अवस्था देखिएको उनको भनाइ छ ।
नेपालको बैंक तथा वित्तीय संस्थाको लगानी सरकारी सुरक्षणमा ७ खर्ब लगानी रहेकाले त्यसको उपयोग गरेर अल्पकालीन तरलता अभाव समस्या गर्न गर्न सकिने पनि गभर्नर अधिकारीको भनाइ छ।
सिडी अनुपात कायम गरेका बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रका आधारमा ८० प्रतिशतसम्म तरलता प्राप्त गर्छन् ।
बैक तथा वित्तीय संस्थाले लिएको एसएलेफ घटाएर मात्रै सरकारी ऋणपत्रका आधार बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले तरलता उपलब्ध गराउँने गर्दछ ।

























