stcnepal long ad
global ime bank long

कोरोना संक्रमणबारे गलत र अफवाहपूर्ण प्रचार नगर्न पत्रकार महासंघको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शनिबार, ८ चैत्र २०७६

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिड १९) संक्रमणबारे गलत र अफवाहपूर्ण प्रचार नगर्न आग्रह गरेको छ ।

महासंघको बैठकले विश्वभरी नै कोरोनाको सक्रमण फैलिइरहेको अवस्थामा नेपालमा सक्रमण फैलन नदिन अपनाउनुपर्ने सावधानीहरुवारे संचार क्षेत्रको उत्तरदायित्वका सम्वन्धमा महासंघका तर्फवाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गर्दै यस विषयमा भ्रम फैलिने सामग्री प्रस्तुत नगर्न ध्यानाकर्षण गराएको हो ।

महासंघका तर्फवाट संचार माध्यम र पत्रकारको दायित्वका सम्वन्धमा सामग्रीहरु तयार गर्ने, सुरक्षित रही सही सूचना प्रवाहको वातावरण निर्माण गर्न पहल गर्ने तथा गलत र अफवाहपूर्ण प्रचार हुन नदिन भूमिका खेल्ने निर्णय गरिएको भन्दै महासंघले यसका लागि समन्वय तथा अनुगमन संयन्त्र पनि गठन गरिएको जानकारी दिएको छ ।

साथै अग्रपंत्तिमा रही समाचार संकलन र सम्प्रेषण गर्ने पत्रकारहरुका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउन तथा निवासवाटै कामकाजको व्यवस्था मिलाउन र कार्यालय आउनै पर्नेका लागि सवारी साधनको व्यवस्था मिलाउन सम्वन्धित संचार प्रतिष्ठानलाई महासंघले आग्रह गरेको छ ।
महासंघले कठिन अवस्थामा सूचना प्रवाहको दायित्व पूरा गरिरहेका संचार माध्यम र पत्रकारहरुलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग आग्रह गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि संयमतापूर्वक सत्य तथ्य र सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आम सञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय गरेको छ ।

IME Lifesidebar
kumari