एनसेलले ल्यायो‘नाइट कल र एसएमएस प्याक’
आर्थिक सञ्जाल शनिबार, ८ चैत्र २०७६
काठमाडौं । एनसेलले आफ्ना सबै प्रिपेड ग्राहकहरुले अब सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्ने जनाएको छ । एनसेल प्राईभेट लिमिटेडले रु १० (कर सहित रु १२.७७) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको हो ।
यो प्याक सुचारु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् । बिहीबार (चैत्र ६) बाट ९० दिनका लागि संचालनमा आएको यो प्याकअन्तर्गत पाईने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजेसम्मको समयमा प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुन्छ । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ एस्ट्रिक्स २ ह्यास डायलगरी वा एस्ट्रिक्स १७११८ ह्यास डायल गरी तेस्रो विकल्प छानेर यो प्याक सुचारु गर्न सक्छन् ।
साथै अंग्रजीमा एनयु टाइप गरी १७११८ मा एसएमएस पठाई पनि यो प्याक लिन सक्छन । आफ्नो आवश्यकता अनुसार ग्राहकले यो प्याक जति पटक पनि खरिद गर्न सक्ने जनाइएको छ ।
यस प्याक अन्तर्गत उपलब्ध हुने टक टाइम र एसएमएस खपत गरी सकेपछि विद्यमान दरमा यी सेवाहरु प्रयोग गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्ता अनुरुप भ्वाइस र एसएमएस बन्डलिङ सहितको यो आकर्षक प्याक ल्याएको एनसेलको भनाई छ ।
एनसेलले गत पुष १६ देखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस पनि दिँदै आएको छ । यो योजना अन्तर्गत ग्राहकले भ्वाइस प्याकको टक टाइम भोलुम बराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन् ।