stcnepal long ad
global ime bank long

सामान्य कसुरमा थुनामा रहेका कैदीबन्दीलाई रिहा गर्ने सरकारको तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६

काठमाडौँ । सरकारले सामान्य कसुरमा थुनामा रहेका कैदीबन्दीलाई रिहा गर्ने तयारी गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको हो ।

गम्भीर अपराध बाहेक लागुऔषध दुर्व्यसनी, अभद्र व्यहारलगायतका कसुरमा थुनामा रहेकालाई रिहा गर्नेबारे महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयबीच छलफल चलेको महान्यायाधिबक्ता कार्यालयले जानकारी दिएको छ ।

यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई छलफलका लागि बोलाएको छ ।

बिहीबारको प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले पनि सरकारलाई नीतिगत निर्णय गरेर कैदीबन्दी घटाउन सरकारलाई निर्देशन दिएको थियो ।

IME Lifesidebar
kumari