सामान्य कसुरमा थुनामा रहेका कैदीबन्दीलाई रिहा गर्ने सरकारको तयारी

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६
काठमाडौँ । सरकारले सामान्य कसुरमा थुनामा रहेका कैदीबन्दीलाई रिहा गर्ने तयारी गरेको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको हो ।
गम्भीर अपराध बाहेक लागुऔषध दुर्व्यसनी, अभद्र व्यहारलगायतका कसुरमा थुनामा रहेकालाई रिहा गर्नेबारे महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयबीच छलफल चलेको महान्यायाधिबक्ता कार्यालयले जानकारी दिएको छ ।
यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई छलफलका लागि बोलाएको छ ।
बिहीबारको प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले पनि सरकारलाई नीतिगत निर्णय गरेर कैदीबन्दी घटाउन सरकारलाई निर्देशन दिएको थियो ।