citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

चलचित्र उद्योगलाई राहत दिन नेपाल चलचित्र संघको माग, अध्ययन गरिरहेको छुः अर्थमन्त्री

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

आर्थिक सञ्जाल मंगलबार, ४ चैत्र २०७६

काठमाडौं । नेपाल चलचित्र संघले विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) ले नेपाली सिनेमा घरहरु तथा चलचित्र क्षेत्रमा पारेको असर बारेमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । संघले नेपाल उद्योग बाणिज्य महासंघको पहलमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई कोरोना भाइरसले पारेको प्रभावको बारेमा ज्ञापनपत्र बुझाउँदै राहत प्याकेज घोषणा गर्न माग गरेको हो ।

सो भेटको क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. खतिवडाले कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पार्नसक्ने प्रभावको बारेमा अध्ययन भईरहेको जानकारी दिए । उनले नेपाली चलचित्र उद्योग पनि सो असरबाट प्रभावित भएकोमा जानकार रहेको भन्दै सबै क्षेत्रको जानकारीहरु एकत्रित गरिरहेको र प्रभावबारे छलफल गरिरहेको स्पष्ट पारे ।

‘पर्ख र हेरको अवस्थामा छौं, कुन तहको क्षति हुन्छ त्यहिअनुसार योजना गर्ने हो, आगामी १ महिना कठिनाई हुने देखिएकोछ, केन्द्रीय बैंकसँग बसेर छलफल चलाईरहेका छौं र त्यसलाई अगाडि लानेछौं,’ मन्त्री खतिवडाले भने । उनले चलचित्र संघका पदाधिकारीहरुलाई ज्यादै आतंकित हुनुपर्ने अवस्था नभएको आश्वासन दिँदै नेपाली चलचित्र उद्योगको लागि मध्यमकालीन र दिर्घकालीन रणनीतिमा पनि काम गरिरहेको बताए ।

अर्थमन्त्री खतिवडाले कोरोनाभाइरस रोक्न नाकाहरुमा उच्च सर्तकता अपनाईएको भन्दै मनोरञ्जन क्षेत्रमा हाल लिनुपर्ने विभिन्न किसिमका अनुमतिहरुलाई एकद्धार प्रणालीमा लैजाने प्रयास गरिरहेको जानकारी दिए । त्यसअघि संघका अध्यक्ष मधुसुधन प्रधानले सिनेमा हलहरुमा कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्नका लागि उच्च सतर्कताका साथ सरसफाई गरिरहेको र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी गराए ।

उनले कोरोना भाइरसको प्रभावले गर्दा हाल सिनेमा हलहरुमा दर्शकहरुको संख्या न्यून भएपनि दैनिकरुपमा विभिन्न किसिमका राजस्व तथा करहरु तिरिरहेको गुनासो गरे । ‘हामीले दैनिक ब्याज, भ्याट, मनोरन्जन कर, चलचित्र विकास करलगायत राजस्व तिरिरहेका छौं, अहिले कोरोना भाइरले प्रभावित पारेको छ, अन्य उद्योग सरह राहत प्याकेज दिनुपर्यो,’ अध्यक्ष प्रधानले भने ।

भेटका क्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोभिड–१९ को असर सबैभन्दा धेरै पर्यटन, होटल, रेष्टुरेन्ट क्षेत्रमा परेको भन्दै त्यसपछि प्रत्यक्षरुपमा सिनेमा हलहरु असर देखिएको अर्थमन्त्रीलाई जानकारी गराए । ‘प्रत्यक्षरुपमा फिल्म हलहरुमा पनि असर परेको छ भने अनिश्चित कालसम्म असर पर्ने देखिएको छ, त्यसैले चलचित्र क्षेत्रलाई पनि रिफाइनान्सिङ्गको व्यवस्था गर्नुपर्यो,’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने ।

महासंघका कार्यसमिति सदस्य अन्जन श्रेष्ठले कोरोना भाइरसले हुने मृत्यु भन्दा त्यसको आर्थिक र मानसिक रुपमा पर्ने असरले मानिसहरुको मृत्यु हुने संख्या बढ्नसक्ने आशंका गरे । नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले नेपाली चलचित्र क्षेत्रमा ठूलो लगानी रहेको भन्दै देशभरीका २०० भन्दा बढि हलहरुमा हाल असर परेको बताए । उनले अर्बौंको लगानी जोखिममा परेको भन्दै यसलाई संवेदनशिल भएर हेर्न मन्त्रीलाई अनुरोध गरे ।

संघका कार्यसमिति सदस्य भाष्कर ढुङ्गानाले सिनेमा हल निर्माण र यो उद्योगमा प्रत्यक्ष नेपालीहरुको लगानी र रोजगारी सिर्जना भएको भन्दै चलचित्र हलहरुले भने कर तिर्नुपर्ने तर अनलाइन स्ट्रिमिङ्ग सेवामार्फत सिनेमा देखाउँदा भने नेपालमा कर नतिर्ने हुने अवस्था अन्त्य गरिनुपर्ने बताए ।

नेपाल चलचित्र संघका अध्यक्ष प्रधानको नेतृत्वमा गएको टोलीमा संघका महासचिव अशोक शर्मा, उप महासचिव गोपालकाजी कायस्थ, सदस्यहरु भाष्कर ढुङ्गाना, कलाकार दीपकराज गिरी तथा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा कार्यसमिति सदस्य अन्जन श्रेष्ठ सहभागी थिए ।

himalayan life insurance
igi long