stcnepal long ad
global ime bank long

एनआईसी एशियाका ग्राहकलाई गोकर्ण फरेष्ट रिसोर्टमा १५% छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, ४ चैत्र २०७६

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र रिसोर्टबीच समझदारी भएको छ । यो योजना एक वर्षको लागि लागू हुने सम्बन्धमा बैंक र रिसोर्टको बीचमा समझदारी भएको छ ।

समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा रिसोर्टको तर्फबाट रुम डिभिजनका निर्देशक रोजिन सापकोटाले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी बमोजिम यस बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले होटलको फूड एण्ड बेभरेज आउटलेटहरू तथा हार्मोनी स्पा सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउने छन् । साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ ।

यसैगरी ग्राहकहरूले बैंकसँग आबद्ध भएका देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतबाट सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जनाएका छन् ।

IME Lifesidebar
kumari