stcnepal long ad
ime life insurance
national life
global ime bank long

मेगा बैंकले धरानका महिला उद्यमीलाई कर्जा सम्बन्धी प्रशिक्षण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, ४ चैत्र २०७६

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशील कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ ।

साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशील कर्जाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको हो ।

सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत बैंकले आयोजना गरेको कार्यक्रममा महिला उद्यमीहरुलाई बचत, बैंकिङ कर्जा, व्यवसायिक सफलतामा बैंकको महत्वका साथै मेगा बैंकले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधाका बारेमा माइक्रो बैंकिङ विभागका प्रमुख पुण्य खनियाँ, मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले लगायतले प्रशिक्षण दिएका थिए ।

यसैगरी, मेगा बैंकले विशेष प्राथमिकता दिएको ब्याज अनुदान महिला उद्यमशील कर्जाका बारेमा महिला उद्यमीहरुले निकै चासो लिएका थिए । महिला उद्यमीहरुलाई अत्यन्तै आकर्षक रहेको यस कर्जामा सेवा शुल्क मिनाहा गरिएको छ भने ६ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यसैगरी, आधार दरमा थप २ प्रतिशतमात्रै व्याजदर तिरे पुग्ने हुँदा महिला उद्यमीहरु यस कर्जाप्रति आकर्षित भएका मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख खनियाँले बताए ।

IME Lifesidebar
kumari