stcnepal long ad
ime life insurance
national life
global ime bank long

महिला चेम्बरको सिटी सेण्टरमा आश्विन १४ गते देखि १५ दिने व्यापार मेला शुरु हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आश्विन १४ गते देखि नेपाल महिला चेम्बरले अति महत्वको चाडबाड दशैलाई लक्षित गरि  दशै बिशेष व्यापार मेला संचालनमा ल्याउने भएको छ । उक्त मेला देशको काठमाडौंको कमलपोखरी स्थित सिटी सेण्टरमा संचालनमा आउन लागेको हो ।

मेलामा स्वदेशमा उत्पादित कृषिजन्य उत्पादन र अन्य उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिनेछ । जस अन्तर्गत ढाका, उनी, पश्मिना, आभुषण, हेम्प र अर्गानिक, हर्बल, लत्ता कपडा, फूटवेयर, अर्गानिक चिया एवम् कफी, फ्रेगमेण्टेड क्याण्डल, फेस पेंण्टिङ् आदी सम्बन्धी वस्तुहरु रहने छन् ।

आम उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै मुख्य रुपमा नेपाली महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रबर्धन गर्ने उदेश्यका साथ मेला आयोजनामा आउन लागेको जानकारी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिएकी छिन् ।

सिटी सेण्टर एशोसियसन पार्टनर रहेको यस मेलाको प्रबर्धन साझेदारमा सोचेको डटकम र मिडिया साझेदारमा सरोकार टिभी रहेको महिला चेम्बरकी महासचिव लिमा अधिकारीले जानकारी दिएकी छिन्।

IME Lifesidebar
kumari