stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा बैंकको कञ्चनबारीमा नयाँ शाखा विस्तार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  विराटनगरको कञ्चनबारीमा सानिमा बैंकले शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । उक्त नयाँ शाखाको उद्धघाटन बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रूपमा गरे ।

कार्यक्रममा मह जोडीले कञ्चनबारीमा बैंकको शाखा विस्तारपछि यस क्षेत्रका नागरिकलाई बैंकिङ कारोबार सहज हुने बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले ग्राहकलाई सहज बैंकिङ सेवा पुर्‍याउन कञ्चनबारीमा शाखा विस्तार गरिएको जानकारी दिए ।हालसम्म बैंकले हाल १०६ शाखा, ९६ एटीएम मार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

IME Lifesidebar
kumari