stcnepal long ad
global ime bank long

परराष्ट्र मन्त्री डा. खड्का न्युयोर्क उडे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। परराष्ट्रमन्त्री डा। नारायण खड्का मन्त्री भएको एकदिन पूरा नहुँदै संयुक्त राष्ट्रसङ्घको ७६औं महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गए राति न्युयोर्क प्रस्थान गरेका छन।

उनको साथमा परराष्ट्र सचिव भरतराज पौडेल,सहसचिव सेवा लम्साल लगायत पनि न्युयोर्क गएका छन। गत भदौ २९ गतेदेखि शुरू भएको महासभा अन्तर्गत असोज ५ गते मङ्गलबारदेखि सुरु भएको उच्चस्तरीय बैठकमा भाग लिन अमेरिका प्रस्थान गरेका मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदी लगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले बिदाइ गरेका थिए ।

‘आशाका माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्र मन्त्री डा. खड्काले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभामा न्युयोर्कस्थित प्रतिनिधि अमृत राई पनि सहभागी हुनेछन।

IME Lifesidebar
kumari