sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

बिजेपी वरिष्ठ नेता माधव काठमाडौंमा !

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौंथाइवाले नेपालमा चार दिने भ्रमण पूरा गरि गएको महिना दिन नपुग्दै अर्का बीजेपी नेता राम माधव भदौं २४ गते दिउँसो काठमाडौं आएको चर्चा छ ।

अमेरिकी अनुदान सम्झौता एमसीसीका उपाध्यक्ष फतिमा जेड सुमान काठमाडौं आएकै दिन राम माधव काठमाडौं आउनु थप रहस्यको विषय भएको छ।

बीजेपीका पूर्वमहासचिव तथा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का नेता समेत रहेका राम माधव नेपाली कांगेसको निम्तोमा काठमाडौंमा आएका हुन ।

जनैपूणिर्माका दिन नेपाल आएर चार दिनसम्म राजनीतिक भेटघाटमा व्यस्त चौंथाइवाले पनि कांग्रेसकै निम्तोमा काठमाडौं आएका थिए ।

दार्चुला घटनामा नेपालले भारतलाई कूटनीतिक नोट लेखेको र त्यसको जवाफ नआइसकेको पृष्ठभूमिमा भएको बिजेपीका वरिष्ठ नेता राम माधवको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

वर्तमान सरकारले भारतसँग सम्बन्ध सुधार गर्न चाहेको रुपमा राम माधवको भ्रमणलाई लिइएको छ ।  नेपाल एयरलाइन्सको उडानबाट नेता राम माधव सहित दुई जना अन्य नेता पनि हिजो ११:४५ बजे एयरपोर्टमा उत्रिएको गोकर्ण जंगल रिसोर्टमा बसेको बुझिन आएको छ ।

gold
prabhu bank
nawakantipur long