citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नबिल ब्यालेन्स्ड फन्ड ३ को बिक्री खुला

आजबाट नबिल इन्भेष्टमेन्टले  नबिल ब्यालेन्स्ड फन्ड ३ बिक्री खुला गरेको छ

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । आज भदौ २५ गते शुक्रबारबाट नबिल इन्भेष्टमेन्टले  नबिल ब्यालेन्स्ड फन्ड ३ बिक्री खुला गरेको छ । यस फन्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

निष्कासन भएको इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत अर्थात् न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ ।

त्यस्तै, १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ८ करोड ५० लाख इकाईमा आवेदन दिन सक्नेछन् । यसमा भदौ २९ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा सबै इकाई बिक्री नभएमा असोज ८ गतेसम्म भर्न सकिने छ ।

यस फन्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । १० वर्ष अवधिको यस फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

यो एक बन्दमुखी योजना हो । नबिल इन्भेष्टमेन्ट बैंकिङ नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

himalayan life insurance
igi long