stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कांग्रेस निकट तामाङ संघ गठन हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शनिबार, १ चैत्र २०७६

धरान । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ सुनसरी गठन हुने भएको छ । सुनसरी स्थित कांग्रेसी तामाङ नेताहरुको बैठकले संघ गठनका निमित्त जयदेव घिसिङको संयोजकत्वमा आयोजक समिति गठन गरेपछि तामाङ संघ गठन हुने भएको हो । संघका केन्द्रीय सभापति कवेलबहादुर लामा र पार्टीका सुनसरी सभापति राजिव कोइरालाको निर्देशन बमोजिम तामाङ नेताहरुले बैठक बसि आयोजक समिति गठन गरेको हो । यही चैत्र ८ गते संघको प्रथम जिल्ला अधिवेशन गर्ने गरी गठन गरिएको आयोजक समितिमा राजा तामाङ, राजकुमार तामाङ, मधुकर तामाङ, ढकेन्द्र तामाङ, विष्णु मोक्तान, मनोज तामाङ, भुवन तामाङ, रमला तामाङ, निम्दिकी तामाङ, राजेन घिसिङ, पन्छी वाइवा, राजेश पाख्रिन लगायत सदस्य रहेका छन् ।
बैठकमा नेपाली कांग्रेस सुनसरीका सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले तामाङ, सदस्यहरु चन्द्रशेखर लामा, माधव घिसिङ, राजदीप लामा, पूर्व जिल्ला सदस्य ममता योञ्जन, त्रि.वि. प्राध्यापक संघका केन्द्रीय सदस्य बद्री बम्जन, नेपाल आदिवासी जनजाति संघ सुनसरीका सचिव राम योञ्जन तथा सल्लाहकार सुरज लामा, धरान १८ नं. वडा सदस्य जमुना त्रिखत्री मोक्तान, सकृय सदस्यहरु ढकेन्द्र तामाङ, टंक घिसिङ, मनोज तामाङ, भुवन तामाङ लगायतका नेताहरु उपस्थित थिए ।

prabhu mahalaxmi
kumari