stcnepal long ad
global ime bank long

कोका–कोला र नेपाल युवा परिषदले युवाहरुलाई आइडिया पिचिंग प्रतियोगितामा भाग लिनका लागि आमन्त्रित गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौंँ– बोटलर्स नेपाल (तराई) लिमिटेड (नेपालमा कोका–कोला कम्पनीको आधिकारिक बोटलिगं साझेदार) ले नेपाल युवा परिषद (नेपाल युथ काउन्सिल) सँगको सहकार्यमा एउटा नवीन प्रतियोगिताको लागी सीड फन्डींग प्रदान गर्ने भएको छ ।

यो प्रतियोगिताले प्रत्येक प्रदेशबाट आउने उत्कृष्ट विचारहरुलाई यसको सामाजिक पहल “युथ इन्गेज्मेन्ट इन क्लाइमेट एक्सन इनिसिएटिभ” अन्तर्गत पुरस्कार प्रदान गर्नेछ ।

सेप्टेम्बर ७, २०२१ मा भाग लिने अन्तिम मिति नजिकिंदै जाँदा, कोका–कोला र नेपाल युवा परिषदले नेपाल भरिका युवाहरुलाई प्रतियोगितामा भाग लिनको लागि आमन्त्रित गरेको हो ।

सर्ट लिस्टेड प्रोजेक्ट (सूचीकृत परियोजनाहरु) घोषित गरिनेछ जुन सेप्टेम्बर २१, २०२१ मा आयोजना हुनेछ । इच्छुक युवाहरुले nyc.nepalyouthcouncil@gmail.com मा ईमेल पठाएर वा https://bit.ly/3ADafA8 मा गएर फर्म भरेर आफ्नो विचारहरु पेश गर्न सक्नेछन् ।
कोका–कोलाले २०१८ देखि नेपाल युवा परिषद संग नेतृत्व, उद्यमशीलता, नेटवकिंग र व्यक्तित्व विकास सम्बन्धी प्रान्तीय सम्मेलन र युवा संलग्नता कार्यक्रमको आयोजना गर्नको लागी सहकार्य गर्दै आइरहेको छ ।

यस प्रकारको पहल र युवाहरुको सहभागितालाई प्रोत्साहित गर्न समर्थनको उद्देश्य सँगै यस बर्ष बोटलर्स नेपाल (तराई) लिमिटेड र नेपाल युवा परिषदले जलवायु परिवर्तनलाई सम्बोधन गर्दै सँगै कार्य गर्दै आइरहेको छ ।

सीड फन्डींग कार्यक्रम बोटलर्स नेपाल (तराई) द्वारा प्रायोजित रहेको छ जसलाई प्लान इन्टरनेशनल, डब्ल्यूडब्ल्यूएफ नेपाल, मेरी स्टाप्ेस, एनआरईएन, ग्रेस इन्टरनेशनल, टेक्सस इन्टरनेशनल कलेज, एडुसञ्जाल र खल्तीको विशेष सहयोगसंँगै प्रान्तीय र स्थानीय सरकारको सहयोगमा चयनित विचारहरुको लागी अगाडि बढाइने छ ।

अधिक जानकारीको लागी, इच्छुक उम्मेदवारहरुले नेपाल युवा परिषदको फेसबुक पेजलाई फलो गरेर हेर्न सक्नुहुनेछ ।

 

IME Lifesidebar
kumari