stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विजय मेमोरियल स्कूलमा कम्प्युटर ल्याब सुरु: प्रविधिमैत्री बन्दै महानगरका सामुदायिक विद्यालय

गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवामा महानगर प्रतिवद्ध — प्रमुख शाक्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरको वडा २९ डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा कम्प्युटर ल्यावको काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज शुभारम्भ गर्नुभएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्राप्त १९ लाख ५० हजार रुपैयाँमा आन्तरिक स्रोतबाट करीब ९३ हजार रुपैयाँ थप गरेर कम्प्युटर र फर्निचर खरिद गरेर ल्याव स्थापना गरिएको हो ।

ल्याब शुभारम्भ गरिसकेपछि बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाका लागि महानगरले लगानी गरिरहेको उल्लेख गर्नुभयो ।

हामी जनअपेक्षा अनुरुपको सेवा दिन्छौँ । हामीले सञ्चालन गरेका कार्यक्रममा सहभागी बन्नोस् । प्रमुख शाक्यले भन्नुभयो, ‘वाहिरबाट आलोचना गरेर होइन, सेवा लिएपछि त्यहाँ भएका कमजोरीका विषयमा सुझाव दिएर सरकारी सेवाको गुणस्तर सुधार गर्न सकिन्छ ।

यसमा दोष दिएर होइन, नागरिकले उत्तरदायित्व पूरा गरेर सुधारको प्रयासमा सहभागी हुनुपर्छ ।’
उपचारका लागि निजी स्वास्थ्य संस्थामा गएर उपचार महङ्गो भयो भन्नुभन्दा राज्यले सञ्चालन गरेको ठाउँमा सेवा लिएर अपुग भएका कुरालाई थप गर्न सहयोग गर्नुपर्छ । प्रमुख शाक्यले भन्नुभयो, ‘धेरै शुल्क लाग्ने ठाउँमा गएर महङ्गो भयो भनेपछि त्यसको जवाफ दिन कठिन हुन्छ ।

हामीले हाम्रा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगेका छौँ । विद्यालय स्तरको शिक्षालाई संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउँदैछौँ । हामीलाई विश्वाश गर्नोस् । सेवा लिन हाम्रै संयन्त्रमा आउनोस् ।’

विजय स्मारक स्कूलमा विज्ञान प्रयोगशाला र पुस्तकालय बनाउन महानगरले सहयोग गर्ने प्रमुख शाक्यको भनाइ थियो ।

पद्मकन्या विद्याश्रम स्रोत केन्द्रका स्रोत व्यक्ति खगराज जोशीका अनुसार यस स्रोत केन्द्र मातहतका ९ वटा विद्यालयमध्ये ८ वटाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतको अनुदान प्राप्त गरेका छन् ।

हामीले अहिले ३० वटा कम्प्युटरबाट ल्याव स्थापना गरेका छौँ । यसमा ६ वटा थप गर्दैछौँ । विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्मा भन्नुहुन्छ, यसमा इन्टरनेट सुविधा जोडेर सूचना प्रविधि ल्याबका रुपमा विकास गर्ने योजना छ ।

शर्माकाअनुसार ५ वटादेखि १० वटासम्म कम्प्युटर राखेर विद्युतीय लाइव्रेरी स्थापना गर्दैछौँ । यसपछि सूचना प्रविधिमा हामी एक चरण माथि उक्लिनेछौँ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रकुमार कार्कीले महानगरको अभिभावकत्वबाट विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारमा उपलब्धी हासील हुने अपेक्षा गर्नुभयो ।
यो स्कूल ०१२ सालमा स्थापना भएको हो ।

कम्प्युटर ल्याब थपिए पछि एघार र बाह्र कक्षाका विद्यार्थीका लागि कम्प्युटर विषय थप्ने विद्यालयको योजना छ ।

prabhu mahalaxmi
kumari