कार्बोनेटेड पेय पदार्थ आरसी कोला नेपाली बजारमा
काठमाडौं । नयाँ कार्बोनेटेड पेय पदार्थ आरसी कोला नेपाली बजारमा भित्रिएको छ । अमेरिकाको मौलिक कोला दाबी गरिएको यस पेयको नेपालमा भेञ्चर बोटलर्स प्रालिले उत्पादन थालेको हो ।
यसको उत्पादनका लागि आवश्यक कन्सन्ट्रेटेड कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्बसबाट आयात गरिने कम्पनीले जनाएको छ ।
भेञ्चर प्रालिले आइतबार एक कार्यक्रम गरी नयाँ उत्पादनको बजार प्रवेश गराएको हो । मकवानपुरमा रहेको कम्पनीको अत्याधुनिक प्लान्टमा अमेरिकीस्तरकै प्रक्रियामा नेपाली पानीको समिश्रणमा आरसी कोला उत्पादन हुने कम्पनीले जनाएको छ ।
विश्वका ६७ देशमा निकै मन पराइएका यी पेय नेपाली बजारमा पनि छिटैनै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।