पुर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना जग्गा धनी मैत्री
काठमाडौं। पूर्वी काठमाडौं नयाँ शहरी बिकास आयोजनाको गत साउन २९ गते शुक्रबार तेस्रो बैठक सम्पन्न भएको छ । उक्त बैठकले ३ वटा नगरपालिकाको कार्यक्षेत्र मध्ये कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १,२,३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं. १,२ र ४ र शंखरापुर नगरपालिकाको ९ नम्वर वडाको समेत गरि कुल ८ वटा वडाहरूको करिब २९ हजार रोपनी जग्गामा सम्भाब्यता अध्य्यन गरि करिब १७ हजार रोपनी जग्गामा लेन्डपोलिङ (Land Pooling) मार्फत ब्यवस्थित शहरीकरण गरि बस्ति बसाल्ने उदेश्य अनुरूप उक्त क्षेत्रको जग्गा २०७८ श्रावण २० गतेको दैनिक गोरखापत्रमा कुनै प्रकारको स्थायी संरचना निर्माण गर्न नपाउने र ८ आना भन्दा कमको जग्गा कित्ता काट गर्न नपाउने गरि २ वर्षको लागि जग्गा रोक्का गरिएकोमा जग्गाधनीहरूले मिति २०७८ श्रावण २४ गते पेश गरेको सुझाबलाई समेत मध्यनजर राख्दै निम्न निर्णय गरिएको पूर्वी काठमाडौं नयाँ शहरी बिकास आयोजनाको अध्यक्ष एंबम कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिएका छन ।
१, आयोजना पर्ने क्षेत्रको जग्गाधनी, मोही र वडाको प्रतिनिधि सहितको उप समिति तत्काल गठन गर्ने र आयोजनाको बारेमा व्यापक छलफल गरि आयोजना अगाडि बढाउने ।
२, आयोजना प्रमुखको संयोजकत्वमा प्रत्येक नगरपालिकावाट १–१ जना जग्गा धनी, कानुनी सल्हाकार, नापी अधिकृत र आयोजना ईन्जिनियर सहित ७ जनाको गुनासो समाधान समिति गठन गरि आयोजनामा पिडित जग्गा धनीहरूले आफ्नो जग्गा आयोजनाले लेन्डपोलिङ (Land Pooling) गर्दा पर्न जाने मर्काको वारेमा लिखित जाहेरी दिन सक्ने र सो को सुनुवाई तत्काल आयोजनाले सहजीकरण गर्ने ।
३, आयोजनाले निर्माण गर्न लागेको १२ र १५ मिटरको बाटोमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा निर्माण गर्ने र जग्गाधनीको जग्गामा सकेसम्म प्रतिशत कम गर्न पहल गर्ने ।
४, आयोजना भित्र पर्ने जग्गाधनीले आफ्नो जग्गा आयोजनालाई घडेरीमा नदिई कृषिमा राख्न चाहेमा गुनासो समितिमा निबेदन दिएमा निबेदकको जग्गालाई सोही ठाँउमा साबिकको बाटोमा कुनैपनि प्रतिशत कट्टा नगरि यथास्थितिमा जग्गा फिर्ता गर्नेछ ।
५, यदि कुनै जग्गाधनीको जग्गा आफ्नो जग्गा बिक्रि गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएमा त्यस्ता जग्गाधनीको जग्गा आयोजनाले ग्यारेण्टी बसि नगरपालिकामा रहेका सहकारी संस्था अथवा बैंक र बित्तिय संस्थालाई उचित मुल्यमा जग्गा धितो राख्न वा बिक्रि गर्न सक्ने ब्यवस्था मिलाउन आयोजनाले पहल गर्ने निर्णय भएको जानकारी गराएका छन ।
६, यदि आयोजनामा परेका जग्गाधनीको प्रमाण नभएको भोग चलन गरेको २।५ आना जग्गा भन्दा कम जग्गामा बसोवास गर्दै आएको अन्यत्र कुनै जग्गा नभएको, कुनै आम्दानी नभएको र आयोजनाको कारणले बिस्थापित हुनु नपर्ने गरि आयोजनाले त्यस्ता जग्गाधनीहरूको ब्यवस्था गर्ने ।
७, यो आयोजना ३ वटा नगरपालिकाको संयुक्त सहभागीतामा र तपाईं हाम्रो स्थानीय सरकारले गर्न लागेको हुदाँ मिति २०७८ श्रावण २० गते २ बर्षका लागि रोक्का गरिएको जग्गामा १ वर्षमा बाटोका रेखाड्कन गरि दोस्रो बर्षमा अस्थायी पुर्जा बितरण गर्ने आयोजनाको कार्य योजना रहेको समेत जानकारी गराउदै उक्त आयोजनाको बारेमा बिस्तृत जानकारीको लागि आयोजनाको गोकर्णेश्वर नगरपालिकाको माकलबारीमा रहेको कार्यालयमा सम्पर्क राखी आफ्ना जिज्ञाशा र सुझाव दिई सो आयोजनालाई सफल पारि ब्यवस्थित शहरीकरणको लागि सहयोग गर्न सबैमा अनुरोध गरेका छन ।


























