अत्याधुनिक जब वेवसाईट र मोवाईल एपको शुभारम्भ गर्दै कुमारी जब प्रा.लि

काठमाडौ । मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको कुमारी जब प्रा.लि ले पौष १६ गते आफ्नो छैटाँ वार्षिकउत्सव एक भव्य समारोहका विच सम्पन्न गरेको छ । वार्षिकउत्सवको अवसरमा प्रा.लि ले धधध।पगmबचष्वयद।अयm नामक वेवसाईटको स्तर बृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोवाईल एपको समेत शुभारम्भ गरेको छ । सो वेवसाईट तथा एपको विशेषता, रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई सहज होस् भन्ने रहेको छ ।
नेपालभर मानव संसाधन व्यवस्थापनमा विभिन्न संस्थामा आवद्ध रहि काम गर्दै आएका व्यवस्थापक र अन्य संघ संस्थामा आवद्ध व्यातिmको ठूलो उपस्थितिका विच कुमारी जबले आफ्नो छैटौँ वाषिक उत्सव मनाएको हो । कार्यक्रममा कुमारी जब प्रा.लिका विभागीय प्रमुख अमृत तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए ।