citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

“कोटेश्वर-कलंकी सडक खण्डमा लेन प्रयोगको नयाँ नियम”

kumari bank
Prabhu Insurance Long Ad
global bank

 

आर्थिक सञ्जाल बुधबार, २८ फागुन २०७६

काठमाडौं ।उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन र सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले लेन प्रयोगको नयाँ नियम बनाएको छ । कोटेश्वर-कलंकी ८ लेन सडक खण्डमा यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने मुख्य (दुर्त) लेनबाट मात्र चलाउने व्यवस्था चैत्र २ गतेदेखि लागू गरिने भएको हो ।

पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनले भने – “यो सडक व्यबस्थित र सुबिधायुक्त छ, यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्यास समेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनिकरण हुने अपेक्षा गरिएको छ ।”

उक्त सडक खण्डलाई व्यबस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने हुदाँ यसको प्रभाबकारी कार्यान्वयन गर्नका लागि सम्बन्धित सरोकारवाला निकायरसंघ संस्था, यातायात सञ्चालक र व्यवसायीहरू, नागरिक समाज आदिसँग छलफल गरेको छ । यस नियम कार्यान्वयनको लागि ट्राफिक प्रहरीलाई सहयोग पुग्ने गरि अनुगमनको लागि सम्बन्धित सम्पूर्णबाट प्रतिनिधित्व हुने गरि समितिसमेत गठन गरिएको छ ।

मासिक ८५ को हाराहारीमा सवारी दुर्घटना  देशकै पहिलो १० कि.मी. लम्बाई भएको ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा  सडक दुर्घटना हुने तथ्याङ् रहेको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने तथा लेन परिवर्तन गर्नका लागि नयाँ नियम बनाएको बताए ।

त्यस्तै, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरि जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढेको हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताए ।

महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ । यस नियम यस अघि नै महाशाखाले जडिवुटी-सुर्यविनायक सडक खण्डमा पूर्ण रूपमा कार्यान्वयन गरिसकेको प्रहरीले जनाएको छ ।

gold
himalayan life insurance long ad