stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पूर्वगृहमन्त्रीको हैसियतमा गच्छदारले पाएको सुरक्षाकर्मी सरकारले खोस्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल बुधबार, २८ फागुन २०७६

काठमाडौं । सशस्त्र प्रहरीले पूर्वगृहमन्त्रीको हैसियतमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सुरक्षामा खटिएको आफ्नो ‘फोर्स’ फिर्ता लगेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिततामा भ्रष्टाचार मुद्दा चलेपछि सशस्त्रको स्कर्टिङ गाडी सहित प्रहरी फिर्ता भएका हुन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले हाल गच्छदारको सुरक्षामा सुरक्षाकर्मी नखटिएको पुष्टि गरे । भ्रष्टाचार मुद्दा दायर भएकाले नै उनको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालय स्रोतले बतायो । पिएसओका रूपमा नेपाल प्रहरीबाट केही प्रहरी भने अझै उनीसँग छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारको संलग्नता दाबी गर्दै २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले १५ दिनभित्र उपस्थित हुन उनलाई म्याद जारी गरिसकेको छ । तर, उनी अदालतमा उपस्थित भएका छैनन् ।

०६६ मा गच्छदार भौतिक योजना मन्त्री थिए । उनले नै प्रधानमन्त्री निवास विस्तार सम्बन्धी प्रस्ताव मन्त्रीपरिषद लगेका थिए । सोही प्रस्तावका आधारमा ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थियो । आजको नयाँपत्रिका दैनिकबाट ।

prabhu mahalaxmi
kumari