stcnepal long ad
global ime bank long

गौतम बुद्ध विमानस्थल प्रभावित, मेलम्ची निरन्तर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २८ फागुन २०७६

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिले मानव स्वास्थ्यमा मात्र होइन अर्थतन्त्रमा समेत नराम्रो प्रभाव परेको छ। १ सय १२ देश यो रोगको संक्रमणमा छन्।

कोरोनाका कारण ४ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८० हजारभन्दा बढी मानिस प्रभावित भइसकेको रिर्पोट सार्वजनिक भएको छ। कोरोनाका कारण विकास निर्माणदेखि अर्थतन्त्र प्रभावित भएको छ ।

हाल कोरोनाको संक्रमणमा रहेको कोही नभए पनि नेपाल यो रोगका कारण अप्ठेरोमा परेको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खटिएका चिनियाँ प्राधिक काममा नफर्कंदा विमानस्थलको काम नै रोकिएको छ।

नेपालमा चिनियाँ ठेकेदारले लिएका अधिकांश आयोजना प्रभावित भएका छन्। त्यस्तै बहुचर्चित र बहुप्रतिक्षित राष्ट्रिय गौरवको खानेपानी आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम चिनियाँ ठेकेदारले गरेको भए पनि उक्त आयोजना भने अहिलेसम्म प्रभावित भएको छैन।

चिनियाँ ठेकेदारले आफ्ना प्राविधिक र मजदुरमार्फत निर्माणको कामलाई तीव्रता दिएको छ। कोरोनाका कारण आयोजना निर्माणमा असर नपरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

इटालियन कम्पनी सीएमसी दि रिभेनाले बाँकी राखेको मेलम्ची आयोजनाको काम सम्पन्न गर्न चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई नेपाल सरकारले जिम्मा दिएपछि काम अघि बढिरहेको छ।

समितिका सूचना अधिकारी राजेन्द्र पन्तले कोरोनाकै कारण मेलम्ची आयोजनाको काममा असर नगरेको जानकारी दिनुभयो। ‘चिनियाँ क्याम्पमै छन्। उनीहरू अहिले चीन गएका छैनन्। काम तीव्ररूपमा अगाडि बढेको छ,’ उनले भने ।

आयोजनाले वैकल्पिक तबरले आउने असारमा काठमाडौंमा पानी खसाल्ने गरी काम गरिरहेको छ। सुरुङको फिनिसिङ, हेडवर्क्स (मुहान), भेन्टिलेसन साफ्ट जडान, टनेल गेट जडानको काम अहिले तीव्ररूपमा भइरहेको आयोजनाले जनाएको छ।

गएको माघमा मेलम्ची आयोजनाको काम गर्ने मुख्य ठेकेदार सीएमसी भागेपछि चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई सुरुङ र मुहान गरी दुईवटा कामको ठेक्का दिइएको छ। नेपाल समाचारपत्रबाट

IME Lifesidebar
kumari