stcnepal long ad
ime life insurance
global ime bank long

अब व्यवसायीले नयाँ ग्यास सिलिन्डर बेच्न नपाउने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ती सचिव डा. बैकुण्ठ अर्यालले नयाँ ग्यास सिलिन्डर नबेच्न व्यासायीलाई आग्रह गरेका छन् । बजारमा ग्यास अभाव हुन नदिनकाे लागि नयाँ ग्यास नबेच्न उनले आग्रह गरेका हुन् ।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा  आयाेजना गरेकाे कारोना भाइरसको सन्दर्भमा आपुर्ति व्यवस्थाका विद्यमान स्थिति बारे अन्र्तक्रिया कार्यक्रमममा उनले सो कूरा बताएका हुन् ।

यतिखेर कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै नागरिकहरुमा त्रास छ । कोरानाको त्राससँगै बजारमा उपभोग्य सामान पनि अभाव हुने होकि भन्ने पनि चिन्ता बढेको बेला सचिव अर्यालले बजारमा ग्यास अभाव हुन नदिन नयाँ सिलिण्डर नबेच्न व्यवसायीलाई आग्रह गरेका हुन् । उनी केही दिन अघि मात्र बजारमा सामानको अनुगमनमा निस्केका थिए ।

बजारमा उपभोग्य सामानको कृतिम अभाव सिर्जना गर्नेलाई पनि कारबाही गर्दै आएको छ । हाल बजारमा विशेष गरी माक्सको मात्र अभाव रहेका बताइएको छ । तर, उपभोक्ताहरु भने ग्यासको पनि अभाव हुने हो कि भनेर ग्यास भण्डारण गर्न लागेका बेला उनले व्यवासायीलाई सो कूरा आग्रह गरेका हुन् ।

prabhu mahalaxmi
kumari