बजारमा उपभोग्य सामानको अभाव नहुने साल्ट ट्रेडिङको दावी, नुन मात्रै १० महिना बढीलाई मौज्दात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६

काठमाडौं । नेपालमा नुनको आयात तथा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले बजारमा उपभोग्य सामानको अभाव नहुने बताएको छ । कोरोनाको संक्रमण फैलिएपछि छिमेकी देश चीनले व्यापारिक नाका बन्द गरेपनि हाललाई त्यसको प्रभाव नेपाली बजारमा नपर्ने कम्पनीले दावी गरेको छ ।

कम्पनीले करिब एक लाख ५५ हजार २ सय ९ मेट्रिक टन (मे. टन) आयोडिन युक्त नून बफर स्टक मौज्दात रहेको बताएको छ । करिब एक लाख ३२ हजार ७ सय ९ मेट्रिक टन आयोडिन युक्त नून गोदाममा र २२ हजार ५ सय मे. टन मार्गस्थल गरी सो मात्राको नून मौज्दात रहेको छ ।

सो परिमाणको आयोडिन युक्त नूनले देशभरीका जनताहरुलाई करिब १० महिना भन्दा बढी समयसम्म आपूर्ति व्यवस्था मिलाउन कर्पोरेशनको क्षमता रहेको छ ।

त्यस्तै, चिनीको आपूर्तिमा समेत कुनै अभाव हुन नदिन कपोरेशनसँग हाल २५ सय मे. टन गोदाममा र मार्गस्थलमा ७५ सय मे.टन गरी जम्मा १० हजार मे. टन स्टक मौज्दात रहेको कर्पोरेशनले जनाएको छ ।

कर्पोरेशनको गोदाममा युरिया २७ हजार १ सय ४५ मे टन, डिएपी १३ हजार ४ सय ३३ मे टन र पोटास ८३.३० मे टन गरी ४० हजार ६ सय ६२ मे टन स्टक रहेको छ ।

कर्पोरेशनसँग न्यूज प्रिन्ट, आर्ट पेपर लगायत प्रयोजनको लागि हाल करिब ८०० मे टन कागज स्टक मौज्दात रहेको छ ।

कर्पोरेशनले  विगतमा नेपालमा भएकाे अघाेषित नाकाबन्दी, विनाशकारी भूकम्प लगायतका समयहरूमा कही कतै कुनै अभाव नहुने गरी आयोडिनयुक्त नुनको आपूर्ति व्यवस्था मिलाउँदै आएको छ ।

कर्पोरेशन अन्तर्गत केन्द्रिय लगायतका ४९ कार्यालयहरु, विभिन्न दुर्गम जिल्लाहरुमा बिक्री केन्द्र ३१ कायालयको अलावा ६ हजार डिलर तथा किराना खुद्रा पसलहरु मार्फत नेपालभरी अति आवश्यक वस्तु नून लगायतका वस्तुहरुको आपूर्ति सजिलै गर्दै आएको छ ।

IME Lifesidebar
kumari