‘जोन्सन’ खोप लगाईने, आजदेखि ५० देखि ५४ वर्षको उमेर समूहलाई प्राथमिकता
काठमाडौं । कोरोना विरुद्धको अमेरिकी खोप जोन्सन काठमाडौमा आजदेखि लगाईने भएको छ । अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जेन्सेन खोप एक मात्रा लगाए पुग्छ ।
नेपाललाई यो खोप विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा मार्फत अमेरिकाले उपलब्ध गराएको हो । यो खोप आजबाट लगाउन ४४ वटा खोप केन्द्र तोकिएका छन् ।
अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।
पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले समेत यो खोप लगाउन पाउने छन् ।