Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

बागमती सम्पदा मार्ग : पुस्तक सार्वजनिक

टेकुदेखि थापाथलीसम्मका मूर्त अमूर्त सम्पदाका विषय समावेश

civilbank long ad

काठमाडौँ । वागमती सम्पदा मार्ग पुस्तक सार्वजनिक भएको छ । महानगरको वडा ११ कार्यालय, व्रिटिस काउन्सिल र स्टोरी साइकलले अंग्रेजी र नेपाली भाषामा पुस्तक प्रकाशनमा ल्याएका हुन् ।

यी पुस्तक असार २५ गते सम्पन्न महानगरको नवौँ अधिवेसनको छैटौँ बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत र वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।

पुस्तकमा थापाथलीदेखि टेकुदोभानको साांस्कृतिक पद यात्राको कल्पना गरेर यसैसँग सम्बन्धित मूर्त अमूर्त सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक विषय उल्लेख गरिएको छ । इतिहास, धर्म, संस्कृति र सम्पदालाई सामाजिक जीवनका कथासँग जोडेर पुस्तकबाट यात्रालाई रोचक बनाउन प्रयास गरिएको छ ।

पुस्तकमा त्यस क्षेत्रमा भएका मानव निर्मित प्राचीन भौतिक संरचना, तिनको बनावट र महत्वसँग प्राकृतिक सम्पदाको साइनो खोजिएको छ । यी विषयको खोजी गर्दा प्रमाणित तथ्यसँगै प्रामाणिक अभिलेख नभएका जनश्रुति र कथनलाई आधार बनाइएको छ ।

सूचना, जानकारी, चित्र र नक्साको माध्यमबाट महत्व घट्दै गएको सम्पदा मार्गलाई पुनपरिभाषित गर्ने प्रयास देखिन्छ ।

पुस्तकको अधिकांंश भाग थापाथलीदेखि टेकुसम्म भएका सम्पदाको चर्चा गरिए पनि यसको मुल आधारका रुपमा बागमती नदीको मुहान बागद्वारसम्म जोडिएको छ । यस्तै उपत्यकाका सहायक नदी, सहरी सभ्यता, सामाजिक र सांस्कृतिक जीवन, प्राकृतिक र मानव सिर्जित सम्पदाको साइनो खोजिएको छ ।

यसविचको २ किलोमिटर दुरीभित्र भएका भकारी, अखडा, मन्दिर, घाट, देवलका चाखलाग्दा पक्षलाई कलाकारिता, सभ्यता र पर्यटनबाट उजागर गर्न पुस्तक उपयोगी हुने देखिन्छ ।


२६ असार २०७८, शनिवार २१:०५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad