Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

 युनाइटेड फाइनान्स र नबिल बैंकले एकीकृत कारोबार आजदेखि शुरु गर्ने

civilbank long ad

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति पछि आज असार २७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । यी दुबै कम्पनीको असार ५ गते सम्पन्न छुट्टा छुट्टै वार्षिक साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित गरेका थिए ।

गत असार १५ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाइसकेपछि यी दुबै कम्पनीले एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।

नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा बैशाख १७ गते हस्ताक्षर भएको थियो। नबिलले युनाइटेडलाई १००ः३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । अर्थात युनाइटेड फाइनान्सको १ सय कित्ता शेयर हुने शेयरधनीले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन ।


२७ असार २०७८, आइतवार ०७:२६ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad