Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

७० जना कलाकार कांग्रेस प्रवेश

civilbank long ad

काठमाडौं । नेपाली कांग्रेसमा ७० जना कलाकर्मी प्रवेश गरेका छन् । असार २६ गते शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा अधिकांश कलाकर्मीहरु नेकपा (एमाले) परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् । सभापति देउवाले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

कांग्रेस प्रवेश गर्नेमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रमेबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तवा र दिपेनकुमार बान्तवा गरेका छन् । यस्तै आङ्गारिक शेर्पा, उद्देश्य राई, अजय राई, श्रीकृष्ण खड्का, विजय कुँवर, प्रदीप राई, सगुन मगर, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, विरुबहादुर विश्वकर्मा, अस्मिता मगर, प्रदीप बुढाथोकी, गणेश दशारा लगायतले एमाले छोडेर कांग्रेस प्रवेश गरेका छन् ।

यसअघि कुनै पार्टीमा नरहेका सुरेन्द्र केसी (मुलासाग), महादेव त्रिपाठी (जादुगर) र मिलनकुमार श्रेष्ठले पनि कांग्रेसको सदस्यता लिएका छन् । पार्टी प्रवेश कार्यक्रमा कांग्रेसको नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, महामन्त्रीद्वय शिवशंकर रिजाल (जोगिन्दर) र रोशन केसीको सहभागिता रहेको थियो ।


२६ असार २०७८, शनिवार २०:३३ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad