Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

चीनबाट ८ लाख डोज खोप आयो, तीनवटा प्रदेशमा हिजै खोप वितरण

civilbank long ad

चीनबाट ८ लाख डोज खोप आयो,तीनवटा प्रदेशमा हिजै खोप वितरण

काठमाडौ । उत्तरी मित्र राष्ट्र चीनसँग नेपाल सरकारले ४० लाख कोरोना विरूद्वको खोप खरिद गर्ने सम्झौता गरेकोमा उक्त सम्झौता अनुरूप खरिद गरिएको ८ लाख ९ हजार ६ सय मात्रा कोरोना विरुद्धको खोप हिजो असार २५ गते नेपाल वायुसेवा निगमको विमानबाट काठमाडौँ आइपुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले चीनबाट नेपाल सरकारले खरिद गरेको खोपमध्ये पहिलो चरणमा ८ लाखभन्दा बढी खोप आएको जानकारी दिएका छन् ।

चीनको राजधानी बेइजिङबाट खोप लिएर नेपाल एयरलायन्सको वाइडबडी विमान शुक्रबार बिहान साढे ६ बजे काठमाडौँ अवतरण गरेको थियो । उक्त खोप टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । आधा खोप हिजै बागमती ,गण्डकी र २ न. प्रदेशमा पठाइएको छ।

सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ५५ वर्ष भन्दा माथिका उमेर समूहका नागरिकलाई लगाउने तयारी गरेको छ । चीनसँग नेपाल सरकारले ४० लाख मात्रा भेरोसेल खोप खरिद गर्ने सम्झौता गरेको छ ।

परिवार कल्याण महाशाखा टेकुका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले उक्त खोप छिट्टै सबै प्रदेश तथा जिल्लामा पठाइने जानकारी दिएका छन् । राष्ट्रिय खोप कार्यान्वयन योजनाअनुसार नै खोप लगाइने जानकारी दिँदै उनले अब दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप दिइने बताएका छन् ।

सरकारले ५५ देखि ६० वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप दिने तयारी गरेको छ । यसअघि काठमाडौँ उपत्यकामा ६० वर्षभन्दा माथि र उपत्यका बाहिर ६२ वर्षभन्दा माथिका उमेर समूहलाई खोप लगाइएको थियो । सरकारले ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पनि अबको खोपको प्राथमिकतामा पर्नेछन् ।

खोप शाखा प्रमुख डा। गौतमले यस विषयमा आधिकारिक निर्णय नभए पनि राष्ट्रिय खोप कार्यान्वयन योजनाअनुसार खोप लगाइने प्रष्ट पारेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३ लाख ७१ हजार ७ सय ६१ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्, जसमध्ये पहिलो मात्रा २६ लाख ११ हजार ८ सय ०७ र दोस्रो मात्रा सात लाख ५९ हजार ९ सय ५४ जनाले लगाएका छन् ।

आगामी सोमबार अमेरिकी सरकारले दिने१५ लाख डोज खोप पनि नेपाल आउदै छन। यो खोप समेत आएपछि जोखिम नागरिकलाई खोप दिन सहज हुनेछ।


२६ असार २०७८, शनिवार ०७:५३ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad