Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

५३ जिल्लामा कांग्रेसको विवाद टुंगियो

civilbank long ad

काठमाडौँ ।  नेपाली कांग्रेसको ५३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गो लागेको छ । कांग्रेसको आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौमा हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशील सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ ।

७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट ८ लाख ५० हजार क्रियाशील सदस्यताको नामावली दर्ता भइसकेको पार्टीले जनाएको छ । पार्टीद्वारा गठित क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाउने तीब्र गतिमा काम गरिरहेको छ ।

समितिका प्रवक्ता एवम् पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले क्रियाशील सदस्यता विवाद रहेका देशभरका ५०० वडा मध्ये ३०० वडाको विवाद टुङ्गो लागेको जानकारी दिएका छन् ।
पार्टीको क्रियाशील सदस्यता छानविन समितिले द्रुत गतिमा काम गरिरहेकाले यही असार मसान्तभित्र सबै क्रियाशील सदस्यता विवाद टुङ्गो लगाइने समितिका प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।

कांग्रेसको १४ औँ महाधिवेशनका लागि आगामी साउन १२ मा वडा समितिको अधिवेशन, साउन १६ मा गाउँ/नगर समितिको अधिवेशन, साउन २० मा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, साउन २३ मा प्रतिनिधीसभा क्षेत्रीय अधिवेशन, साउन २६ मा एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशनको मिति तय गरिएको छ ।

यसैगरी आगामी भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन र भदौ १६ देखि १९ सम्म राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।


२६ असार २०७८, शनिवार ०८:०९ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad