प्रहरीका एआईजीको सरूवा र पदास्थापन

काठमाडौ । सरकारले नेपाल प्रहरीका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)(हरुको सरुवा, एक जनाको बढुवा र पदस्थापन गरेको छ ।
महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा एआईजी प्रधुम्न कार्कीको सरुवा भएको छ भने यसअधि मेट्रोमा कार्यरत हरिबहादुर पालको प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ ।
एआईजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ । त्यस्तै भर्खरै बढुवा भएका एआईजी सहकुलबहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ ।