Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

सेन्चुरी बैंकका सिईओ गौतमको राजीनामा

civilbank long ad

काठमाडौँ । सेन्चुरी बैंकका सिइओ तुलसीराम गौतमले समयावधी छदै राजिनामा दिए छन । निजले आफ्नो राजिनामा संचालक समितिलाई दर्ता गराएर दिएका छन् जब की सिइओले संचालक समितिका अध्यक्षलाई राजिनामा दिने प्रचलन छ ।

नौ महिना समय बाँकी हुदै अध्यक्षलाई राजिनामा नदिनु र दर्ता गराएर दिनु आफैमा रहस्यमय छ। सिइओ र अध्यक्षको सम्बन्ध अत्यन्त सुमुधुर रहदा रहदै पनि गौतमले किन राजीनामा दिए कौतुहलता बढेको छ ।

बैंक स्रोतका अनुसार उहाँलाई एमएम रेमिटबाट रेमिटेन्स रकम करिव छ लाख डलर नआएको मुख्य कारण र त्यसमा संलग्न व्यक्ति को–को भन्ने गोप्य रहस्य थाहा थियो । सायद कुरा लुकाएर राख्दा आफु पनि फसिएला भन्ने डरले गत पौष मसान्त देखि नै उहाँ राजिनामा दिने मनस्थितीमा हुनुहुन्थ्यो ।

उक्त रेमिटेन्स रकमको हिनामिना सिआईबिले सञचालक समिति र सिइओलाई समेत केरकार गरेको थियो । सो हिनामिना साविकको सञ्चालक समिति समेत संलग्न रहेको केही संचालकलाई आभाष भएको छ ।

हाल बैंकको अवस्था अत्यन्त मजबुत रहेको र खराब कर्जाहरु सबैलाई प्रोभिजन व्यवस्था गरिसकेको हुँदा नाफा कम भएको देखिन्छ । जसले बैंकको आन्तरिक राजनीतीलाई चिर्दै व्यापार गर्न सकोस ।
सेन्चुरी बैंकको नयाँ सिइओ बन्ने दौडमा कुमार लम्साल, शिवनाथ पाण्डे र त्यसै बैंकका डेपुटी सिइओ मनोज न्यौपानेले पहल गरिरहेको बुझिएको छ ।

कुमार लम्साल तत्कालिन सानिमा विकास बैंक र जनता बैंकको सिइओ भई सकेका छन भने पाण्डे राष्ट्र बैंकका भुतपुर्व कर्मचारी तथा सुर्य लाइफ इन्स्योरेन्समा सिइओ थिए । लम्साल र पाण्डे दुवै असल व्यक्तित्व हुन ।

तर उहाँहरुले पहल गरेको छन । जहाँसम्म मनोजको कुरा छ उहाँ आन्तरिक राजनीतिमा अत्यन्त व्यस्त हुने व्यक्तित्व हो । सिइओ त कुशल व्यवस्थापक पो हुनुपर्छ न की राजनीतिज्ञ ।

सिइओ भन्दा डेपुटी सिइओले संस्थामा धेरै काम गर्न सक्छ तर उहाँ सिइओलाई असहयोग गरेर आफु कसरी सिइओ बन्ने भन्ने दौडमा हुनुहुन्थ्यो । मनोज न्यौपाने डेपुटी सिइओ हुन नपर्ने र निजको बेला भई नसकेको र सिईओका लागि अपरिपक्व रहेको चर्चा पनि छ।

यश बैंकमा नाम चलेका सिइओ कोही आउन नसक्ने देखिन्छ । फेरि हिजो गलत कार्य गरेका संचालकहरुको कच्चा चिठ्टा खुल्ने डर र त्रासले राम्रा व्यक्ति सिइओमा प्रवेश नगर्न दिने सम्भावना पनि उत्तिकै छ ।


२५ असार २०७८, शुक्रवार २०:२७ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad