stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

भारतमा नेपालीलाई कोरोना संक्रमण विरूद्वको खोप लगाउने सुविधा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौ । छिमेकी मित्रराष्ट्र भारत सरकारले भारतमा काम,रोजगारी, अध्ययन, स्वास्थ्य उपचार, भ्रमण आदि कामले बसेका नेपाली नागरिकलाई कोरोना संक्रमण विरूद्वको खोप लगाउने सुविधा उपलव्ध गराउदै आएको छ।

भारतमा बस्दै आएका नेपाली नागरिकको आधार कार्ड वा कुनै पनि भारतीय परिचयपत्र नभएका नेपालीलाई नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी वा अन्य सरकारी परिचय पत्रका आधारमा कोरोना विरूद्वको खोप लगाउने व्यवस्था गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट यसको सुरुवात गरिएको छ । अहिले भारतभरि खोप अभियान चलिरहेको छ । यो वेला नेपाली नागरिकता बाहकलाई पनि भारतीय नागरिक सरह खोप लगाउने सुविधा प्रदान गरिएको छ। जसबाट भारतमा रहेका हजारौं नेपाली नागरिकहरू लाभान्वित भएका छन् ।

भारतबाट प्राप्त समाचार अनुसार भारतीय प्रधानमन्त्री मोदीको चुनावी क्षेत्र वाराणसीमा तीन साता अघि स्थानीय प्रशासनले नेपालीलाई पनि भारतीय सरह खोपको व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई आदेश जारी गरेको दिल्लीस्थित अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले बताएका छन।

प्रधानमन्त्री मोदीको क्षेत्रबाट नेपालीलाई खोप दिने सुविधा सुरु भएको हुनाले सबै प्रान्तले यही नियम सुरु गरेका छन् । भारतमा बसेका कोही पनि नेपाली नागरिकले खोपबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको र भारतीय सरह नेपालीले पनि खोप पाइरहेको रानाले जानकारी दिएका छन्।

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले यसका लागि सरकारसँग प्रयास गरेका थिए । चौथाइवालेसँग दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले गत जेठ १५ मा भएको भेटमा नेपालमा खोप आपूर्तिका लागि सहजीकरण गरिदिन र भारतमा रहेका नेपालीलाई खोप लगाउने प्रबन्ध गरिदिन आग्रह गरेका थिए ।

नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई कूटनीतिक नोट पठाएर पनि खोपका लागि आग्रह गर्दै आएको थियो । भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले विदेशमन्त्री डा. एस जयशंकरसँग नेपालीहरूलाई खोप लगाउने विषयमा कुराकानी गरेका थिए, विदेशमन्त्रीले उनलाई आश्वस्त पारेका थिए,चौथाइवालेकै प्रयासमा प्रधानमन्त्री मोदीको चुनावी क्षेत्रबाट नेपालीलाई खोप लगाउने प्रबन्ध मिलाइएको छ ।

तत्कालै वाराणसीमा रहेका नेपालीले भारतीय नागरिकसरह खोप लगाउने सुविधा पाएका छन् भने अहिले अन्य प्रान्तहरूमा पनि नेपालीले यो सुविधा पाउन थालेका छन । नेपाली नागरिकहरू भारतको वाराणसी, कानपुर, दिल्ली, मुम्बई , लखनउ, गोरखपुर, पञ्जाव, सिमला, देहरादुन, नैनिताल, हिमाञ्चल प्रदेश, कलकत्ता, गोहाटी, कोइलाखाद, दार्जिलिङ, कालिङपोङ, गान्टोक,पटना, सिलिगुडी जस्ता क्षेत्रमा बसोवास गर्दै आएका छन्।

नेपाली कागजपत्र नभएका र घरमा काम गर्ने नेपाली मजदुरले पनि मालिकको सिफारिसका आधारमा खोप लगाउने व्यवस्था मिलाइएको जानकारी नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले दिएका छन् ।

नेपाली युवा नेता रानाका अनुसार प्यान कार्ड, आधार कार्ड, चुनावी परिचयपत्र साथमा भएका नेपालीले यसअघि नै भारतीय नागरिक सरह खोप लगाउने सुविधा पाउँदै आएका थिए । भारत सरकारले बनाएको आरोग्य सेतु एपबाट खोपका लागि भारतीय नागरिक सरह नेपाली नागरिकले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको पाइएको छ । त्यसमा कोभिसिल्ड वा कोभ्याक्सिन दुवै खोप मध्ये एउटा रोज्ने अवसर पनि दिइएको छ ।

आफू बसेको ठाउँ छानेपछि खोप केन्द्र पनि एपमा उपलब्ध हुन्छ । त्यहाँ उपलब्ध भए अनुसार खोप लगाउने मिति र समय पनि आफैँ छान्न पाइन्छ, त्यसपछि मोबाइल नम्बरमा नोटिफिकेसन आउँछ । एपमा अपलोड गरेको परिचयपत्र लिएर तोकिएको मिति र खोप केन्द्रमा गएपछि खोप लगाउन पाइन्छ ।’

एपले पठाउने चार अंक दोस्रो चरणको खोपका लागि पनि काम लाग्ने रानाले बताएका छन् । दोस्रोपटक चार अंकको नम्बर र परिचयपत्र लगेपछि खोप लगाउन पाइन्छ, मिति र खोप केन्द्र छान्दा पहिलो चरणमा जस्तै एपमा प्रक्रिया पूरा गर्नुपर्छ ।

भारतले नेपाललाई ११ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । भारतबाटै नेपाल सरकारले खरिद गरेको १० लाख डोज तथा कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार डोज खोप ल्याएको छ ।

भारतले नेपालीलाई पनि खोप दिने सुविधा पाएपछि भारतमा कार्यरत करिव ३०–३५ लाख नेपाली लाभान्वित हुने देखिएको छ। अब भारतीय नागरिकलाई पनि नेपालले खोप सहुलियत दिनु पर्ने कुरा पनि उठिरहेको छ।

prabhu mahalaxmi
kumari