citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

साना तथा मझौला व्यवसायलाई समेट्ने मौद्रिक नीति ल्याउन पर्यटन व्यवसायीको माग

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । पर्यटन व्यवसायीहरुले चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट पर्यटन व्यवसायीहरुले अपेक्षित लाभ लिन नसकेकोले अहिले सबै खालका व्यवसायीहरुले राहत तथा सहुलियत पाउने खालको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंक समक्ष माग गरेका छन् ।

नेपाल पर्यटन बोर्डले नयाँ आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रको सुझाव विषयक भर्चुअल अन्तरक्रियामा उनीहरूले अन्य क्षेत्र चलायमान हुन समेत पर्यटन क्षेत्र चलायमान हुनु पर्ने भएकोले मौद्रिक नीतिमा पर्यटनले प्राथमिकता पाउनु पर्ने धारणा राखेका छन् ।

कार्यक्रममा व्यवसायीका सुझाव तथा मौद्रिक नीतिका बारेमा धारणा राख्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले विगतको मौद्रिक नीतिले धेरै व्यवसायीलाई सहयोग पुगे पनि रकमको सिमितताको कारण र कतिपय कार्यविधिगत जटिलताको कारण सबैले त्यसबाट राहल लिन नसकको बताएका छन्।

उनले कोभिडबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन भएको र यसलाई उच्च प्राथमिकतामा राखिएकोले नयाँ मौद्रिक नीतिले व्यवसायीहरुका माग सम्बोधन गर्ने धारणा व्यक्त गरेका छन् । यद्यपी बैंक तथा वित्तीय संस्थाहरुका पनि आ–आफ्नै सिमितता र कार्यविधि हुने हुनाले त्यसलाई पालना गरेर मात्र ऋण दिन सकिने बताएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले अन्य क्षेत्र चलयमान हुन पनि यो क्षेत्र चलायमान हुन आवश्यक रहेकोले सबै व्यवसायीहले राहत र सहुलियत पाउने गरी मौद्रिक नीति आउनु पर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले मौद्रिक नीतिमा पर्यटन व्यवसायलाई उच्च प्राथमिकतामा राखिएन भने यो क्षेत्रबाट धेरै व्यवसायी र मजदूरहर पलायन हुन सक्ने बताएका छन् । उनले अप्ठ्यारो परेको बेला नै सहयोग भएन भने अरु समयको सहयोगले अर्थ नराख्ने भन्दै अप्ठ्यारोमा परेको व्यवसायी र मजदुरलाई बचाउने जिम्मा पनि सरकार र राष्ट्र बैकको भएको धारणा राखेका छन् ।

यस्तै बोर्डका सदस्य कृष्ण शाहले पर्यटन प्रर्वद्धन,ऋण र व्याजमा सहुलियत हुने गरी मौद्रिक नीति आउनु पर्ने बताउदै भारतीय पर्यटक आगमन बढाउन नेपालमा भारतीय पाँच सय, हजार र दुई हजारको मुद्रा चलाउने विषयमा पहल गर्न सुझाव दिएका छन् ।

यस्तै अर्का बोर्ड सदस्य पम्फा पौडेल धमलाले विगतको मौद्रिक नीतिबाट साना तथा मझौला व्यवसायीले लाभ लिन नसकेकोले अहिलेको मौद्रिक नीतिले त्यस्ता व्यवसायीका माग सम्बोधन गर्ने अपेक्षा गरेको बताएकी छिन् ।

बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले व्यवसायी कोभिडले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भए पनि यो क्षेत्रले पर्याप्त राहत तथा सुविधा पाउन नसकको धारणा राख्दै व्यवसायीको जायज मागलाई सम्बोधन गर्न आवश्यक भएको बताउदै पर्यटनलाई चलायमान बनाउन सके अन्य क्षेत्र समेत चलायमान हुने भन्दै यो क्षेत्रलाई बचाउनु अहिलेको प्राथमिकता हुनु पर्ने धारणा राखेका छन् ।

बोर्डका निर्देशक सन्तोष पन्तले सबै व्यवसायीहरुका मागहरुलाई समेटेर बोर्डले मन्त्रालयमा पेश गरिसकेको जानकारी दिँदै सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा तथा व्याज सहुलियतका विषय सम्बोधन हुन सके यो क्षेत्रले गति लिने बताएका छन् ।

बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले सहजीकरण गरेको अन्तरक्रियामा पर्यटन बोर्डका पूर्व सदस्य सुमन पाण्डे, नाटाका अध्यक्ष अच्युत गुरागाईं, रेबानका अध्यक्ष अरनिको राजभण्डारी, होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशलाल चुके, पर्यटन परिषद पोखराका अध्यक्ष गोपी भट्टराई, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्माले साना तथा मझौला व्यवसायीलाई उनीहरुको व्यवसायको आधारमा विना धितो कर्जा, प्रमाणपत्रका आधारमा श्रमिकले समेत कर्जा पाउने पर्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । पर्यटनसँग सम्बद्ध विभिन्न छाता संस्थाहरुका अध्यक्ष तथा पर्यटन क्षेत्रका विज्ञहरूले पनि सुझाव दिएका थिए ।

gold
himalayan life insurance long ad