Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

सरकारी गाडी भित्रै यौन क्रियाकलाप

civilbank long ad

काठमाडौ । मध्यराती सेतो नम्बर प्लेट भएको गाडी जंगलको बीचमा । गाडीभित्रै यौनजन्य गतिविधि भइरहेको । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी टोली गस्तीमै थियो । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको टोली गस्ती गर्न क्रममा रंगेहात सडक किनारामा रोकी राखेको सरकारी गाडी भित्र महिला नग्न अवस्थामा भेटिएका छन् ।

केरकार गर्दा थाहा भयो सेतो नम्बर प्लेटको सरकारी गाडी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेछ । र सरकारी गाडीभित्र यौनजन्य गतिविधि गर्ने सोही गाडीका चालक ।

यो घटना घटेको थियो भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलमा । रातको ११ बजे गस्तीमा हिडेको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो । जंगलको बीचमा रोखि राखेको प्रदेश ३ ०१ ००२ झ ५०५२ नम्बरको गाडीमा यौनजन्य गतिविधि गरिरहेको अबस्थामा पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

सरकारी नम्बर प्लेटको गाडीमा यौनजन्य क्रियाकलाप गरिरहेको तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।

प्रहरीले भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीय महिलालाई पक्राउ गरेको जनाएको छ । महिला र गाडी चालकलाई राति नै नियन्त्रणमा लिएको छ ।

गाडी चालक मन्त्रालयकै कर्मचारी भएको स्रोतको भनाइ छ । फरार कार्की बिहीबार हिजै पक्राउ परेका छन् । उनीहरु उपर मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने महल (१) नम्बरको कसुर चलाइने भएको छ ।


२५ असार २०७८, शुक्रवार १३:५७ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad